सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन सय रुपैयाँले बढेको हो ।

बुधबार १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार २ सय ६५ रुपैयाँमा कारोबार भैइरहेको छ । ।

प्रकाशित मिति : श्रावण १, २०८२ बिहीबार  ११ : ०९ बजे