काठमाडौं । धितोपत्र दोश्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) ८०.९७ अंकले बढेर २,९७३.७० विन्दुमा पूगेको छ । यो विन्दु ११ महिनायताकै उच्च हो ।
आज नेप्से परिसूचक तीनहजार विन्दुनजिक पुगेको हो । यसदिन २० अर्ब आठ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ २.१०, विकास बैंक २.२६, फाइनान्स १.९४, होटल तथा पर्यटन ३.४४, हाइड्रोपावर १.९०, लगानी ३.२४, निर्जीवन बीमा २.५६, अन्य ३.२६ तथा व्यापार १.०१ प्रतिशत बढे ।तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा ट्रेड टावर, सान्भी इनर्जी र शिवम् सिमेन्ट छन् । ट्रेड टावर र सान्भी इनर्जी नयाँ कम्पनी हुन् । आजको कारोबारपछि टे«ड टावरको मूल्य ५३५ रुपैयाँ ८० पैसा पुगेको छ भने सान्भी इनर्जीको ४७७ रुपैयाँ ७० पैसा पुगेको छ ।
२३६ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो । यस दिन तीन समूह ४ प्रतिशतभन्दा धेरै बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














