वर्षा गराउने मनसुनी प्रणाली अझै सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौँ। हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव रहेकाले आज देशभर साधारणतया वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेशका अधिकांश स्थानहरूमा पूर्ण बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भू(भागमा आंशिक बदली हुनेछ।

महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख भएअनुसार, कोशी र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू(भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसका साथै, कोशी र मधेश प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भू(भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू(भागमा आंशिक बदली हुनेछ।

राति कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : आश्विन १९, २०८२ आइतबार  ७ : ५५ बजे