काठमाडौंं । आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।
आज सुन तोलामा ५६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा कारोबार गर्न सकिनेछ ।
यस्तै, चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले घटेको छ ।शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी यस दिन पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ ।














