काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६.०३ अंकले बढेर २ हजार ६५४.९३ विन्दुमा बन्द भएको हो।
आज एक करोड ५३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब १७ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सालपा विकास बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार अपि पावर कम्पनीको भएको छ। सो कम्पनीको ३२ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आज १३७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ७ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।














