काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा बन्द भएको छ।
अघिल्लो दिन १३ अर्ब १८ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार १४ अर्ब ५५ करोड रूपैयाँमा पुगेको छ।
आज बैंकिङ समूह नै सबैभन्दा धेरै बढ्यो सो समूह २.०२ प्रतिशत घट्यो । त्यस्तै विकास बैंक १.२८, फाइनान्स १.३०, हाइड्रोपावर १.१०, लगानी १.१४, जीवन बीमा ०.३६, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.२७ तथा व्यापार ०.१४ प्रतिशत बढे ।
आज १७६ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रह्यो। होटल तथा पर्यटन, नीर्जिवन बीमा र अन्य उपसमूहबाहेक सबै उपसमूहको सेयरमूल्य आज उकालो लागेको छ।














