अर्थमन्त्रीले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल



काठमाडौ. । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रसँग समसामयिक आर्थिक विषयमा छलफल गरेका छन् ।

अर्थमन्त्री खनालले बिहीवार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमराज भण्डारी लगायतसँग छलफल गरेका हुन् ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसकेको लगायतका विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन २८, २०८२ बिहीबार  ८ : २३ बजे