मंगलबार सुनको मूल्य बढ्यो, चाँदीको घट्यो



काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।

हिजो सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको आज प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउको छ ।

चाँदीको मूल्य भने आज घटेको छ। चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको हो।


हिजो सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : बैशाख ८, २०८३ मंगलबार  ११ : ३३ बजे