काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ।
सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ।
यस्तै आज चाँदीको मूल्य मूल्य पनि घटेर प्रतितोला ५ हजार १ सय ३० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार चाँदी प्रतितोला ५ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो।














