काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
शुक्रबार सुन तोलामा २२ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार दुई लाख ९८ हजार ७०० मा कारोबार भएको थियो ।
चाँदी भने तोलामा ७५ रुपैयाँले घटेर चार हजार ९४५ कायम भएको महासंघले जनाएको छ ।














