सुनको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख २ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य आज तोलामा १६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : आश्विन ८, २०८३ बिहीबार  ११ : २६ बजे