बुधबार नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ७६ करोडमाथिको कारोबार



काठमाडौं । आज पनि सेयर बजार सामान्य घटेको छ ।

आज नेप्से परिसूचक ४.८२ अ।कले घटेर २,५९८ को विन्दुमा कायम भएको छ ।आज १०९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ४ अर्ब ७६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन कमाउने कम्पनीमा पहिलो सिन्धु विकास बैंक, दोस्रो सयपत्री हाईड्रोपावर र तेस्रो घलेम्दी हाईड्रोपावर रहेको छ ।यस्तै सबैभन्दा बढी गुमाउने कम्पनीमा सानीमा ग्रोथ फण्ड, चिर्ख्वा हाईड्रोपावर र सोपान फार्मेस्युटिकल्स रहेका छन् ।

प्रकाशित मिति : आश्विन १४, २०८३ बुधबार  ३ : ३३ बजे