काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन तोलामा २ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदी तोलाको २५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४४० रुपैयाँमै कारोबार भएको थियो ।










