नेप्सेमा २१ अंकको वृद्धि, ४ अर्ब १३ करोडको कारोबार



काठमाडौं। नेप्सेमा आज वृद्धि भएको छ।

आज बुधबार नेप्से २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेर रोकिएको छ।

आज ३५४ कम्पनिका एक करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ मा कारोबार भएको थियो। आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले १३।२१ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सगरमाथा जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६।३२ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : आश्विन २८, २०८३ बुधबार  ४ : ४० बजे