काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन आज ९असोज २८ गते० देखि नेपालका सम्पूर्ण भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ।
गत असोज १७ गतेदेखि नेपालको पश्चिमी भूभागबाट बाहिरिन सुरु गरेको मनसुन औसत समयभन्दा १२ दिन ढिलो गरी पूर्ण रूपमा बाहिरिएको महाशाखाले जनाएको छ।
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिए तापनि हाल स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव भने कायम नै रहेको मौसमविद्हरूले बताएका छन्।










