एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने



काठमाडौं,कात्तिक ९ । आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । अपराह्न प्रधानमन्त्री बालेन एनपीएल उद्घाटनका लागि त्रिवि क्रिकेट मैदान जानेछन् ।

प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाह उद्घाटन समारोह हुने कार्यक्रमस्थलमा पुग्ने समय भने निश्चित भइसकेको छैन । प्रधानमन्त्रीको सहभागिता र समयबारे अन्तिम टुंगो कार्यक्रमको समयमा लाग्ने उनले बताईन् ।

एनपीएलको उद्घाटन खेल आज बेलुका ५ बजे त्रिवि मैदान किर्तिपुरमा हुँदैछ । उद्घाटन खेलमा अघिल्लो सिजनको बिजेता टोली लुम्बीनी लायन्स र उपबिजेता सूदूरपश्चिम रोयल्स भिड्दैछन ।

प्रकाशित मिति : कार्तिक ९, २०८३ सोमबार  १० : ३१ बजे