अमेरिकाको मध्यस्थतामा युक्रेन–रुसबीच अर्को साता अबुधाबीमा वार्ता



काठमाडौं । अमेरिकाले रुस र युक्रेनबीच आगामी साता संयुक्त अरब इमिरेट्स ९यूएई० को राजधानी अबुधाबीमा वार्ता गराउन मध्यस्थता गर्ने भएको छ ।

अमेरिकी विशेष दूत स्टिभ विटकफले सोमबार अमेरिका रुस तथा युक्रेनबीच कार्यस्तरको वार्ताका लागि मध्यस्थता गर्न लागेको जानकारी दिएका हुन् ।

विटकफको कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत आगामी नोभेम्बर १० र ११ मा अबुधाबीमा वार्ता हुने पुष्टि गरेको छ ।

वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था, तनाव न्युनिकरणका प्रयास, मानवीय सहायता तथा शान्ति स्थापनाका लागि अघि चाल्नुपर्ने कदमबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : कार्तिक १८, २०८३ बुधबार  १० : ०२ बजे