काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)बाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्कीले दिएको रिट सर्वोच्च प्रशासनले दर्ता नगरी राखेको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार अध्ययनका लागि रिट राखेको हो ।
बुधबार सरकारले प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरेको थियो । उक्त निर्णयविरुद्ध कार्की रिट लिएर आज सर्वोच्च पुगेका थिए।
कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले सर्वोच्च प्रशासनले रिट अध्ययनका लागि समय लाग्ने भन्दै आज दर्ता नगरेको जानकारी दिए ।
उक्त रिट शुक्रबार दर्ता भएमा तिहार बिदापछि मात्रै प्रारम्भिक सुनुवाइ हुनेछ।










