काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालमात दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको छ ।
सरकारले बुधबार कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध उनले बिहीबार सर्वोच्च अदालमात रिट निवेदन दिएका थिए ।
कार्कीको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले शुक्रबार दर्ता गरेको हो । दर्ता भएसँगै उक्त रिटमाथि सुनुवाइका लागि आगामी कात्तिक ३० गतेको पेसी तोकिएको छ ।
सरकारले आफूलाई पदबाट हटाएर डा। मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय संविधान, प्रचलित कानुन तथा सर्वोच्च अदालतबाट प्रतिपादित नजिरविपरीत रहेको कार्कीको दाबी छ ।
उनले सरकारको उक्त निर्णय बदर गरी आफूलाई पुनः नेपाल प्रहरीको महानिरीक्षक पदमा बहाल गराउन सर्वोच्च अदालतसँग माग गरेका छन् ।










