जलवायु वित्त र विकासशील राष्ट्रका लागि न्याय सुनिश्चित गर्न कोप–३१ मा माग



काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन ९कोप–३१० मा सहभागी प्रतिनिधिहरूले जलवायु वित्तको अभाव अन्त्य गर्न तथा विकासशील राष्ट्रका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गरेका छन् ।

संयुक्त राष्ट्रसंघको सन् २०३० सम्मको दिगो विकास एजेण्डा कार्यान्वयन गर्न अब चार वर्ष मात्रै बाँकी रहेकाले सम्मेलनमा उत्सर्जन न्युनिकरणका लक्ष्य निर्धारण गर्नेभन्दा पनि व्यावहारिक समाधान र कार्यान्वयनमा जोड दिइएको छ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को० अन्तर्गत दिगो विकासका लागि शिक्षा क्षेत्रका अध्यक्ष मोहम्मद नुरुननबीले अब प्रतिवद्धता मात्रै नभई त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।

कोप–३१ का उच्च अधिकारीहरूले पनि स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

सहभागि सबैले कोप–३१ मा राष्ट्रिय जलवायु लक्ष्यलाई कार्यान्वयनमा लैजाने, सबै अर्थतन्त्रको विद्युतीकरण गर्ने, जलवायु अनुकूलनका लागि वित्तीय सहयोग बढाउने र विकासशील राष्ट्रको जलवायु वित्तमा पहुँच सहज बनाउने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : कार्तिक २६, २०८३ बिहिबार  ११ : ३३ बजे