सरकारले सोमबार पनि दियो सार्वजनिक बिदा



२७ कात्तिक, काठमाडौं । सरकारले ३० कात्तिक सोमबार पनि सार्वजनिक बिदा दिने भएको छ ।

सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो।

आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । छठ पर्वकै सिलसिलामा सोमबार समेत सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रकाशित मिति : कार्तिक २७, २०८३ शुक्रबार  ४ : १६ बजे