इरानसँगको तनावबिच अमेरिकाकाले मध्यपूर्वमा बढायो सैन्य शक्ति, तीनवटा विमानवाहक युद्धपोत तैनाथ



काठमाडौं । इरानसँगको जारी तनावका बीच अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप बढाएको छ ।

अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस थिओडोर रुजवेल्ट मध्यपूर्व पुगेपछि उक्त क्षेत्रमा अमेरिकाका विमानवाहक युद्धपोतको सङ्ख्या तीन पुगेको छ ।

अधिकारीले सोमबार तेस्रो विमानवाहक युद्धपोत मध्यपूर्व पुगेको पुष्टि गरेका हुन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार रुजवेल्ट आईतवार अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) अन्तर्गतको जिम्मेवारी क्षेत्रमा पुगेको हो ।

यसअघि उक्त क्षेत्रमा यूएसएस जर्ज एचडब्ल्यू बुस र यूएसएस जर्ज वासिङ्टन तैनाथ थिए। ती युद्धपोत क्रमशः अप्रिल र अगस्टदेखि उक्त क्षेत्रमा परिचालित छन् ।

प्रकाशित मिति : मंसिर १, २०८३ मंगलबार  १० : २४ बजे