सुकुम्बासी बस्ती हटाउन खोज्दा थापाथली क्षेत्र तनावग्रस्त



काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन खोन्दा स्थानीय प्रतिकारमा उत्रिएउछि स्थिति तनावग्रस्त बनेको छ । सोमबार काठमाडौं महानगरपालिकाले डोजरसहित करिब ३०० नगर प्रहरी परिचालित गरी सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका हुन् ।

प्रतिकारमा उत्रिएका स्थानीयले मेयर बालेन्द्र शाह ‘बालेन’ विरुद्ध नारा लगाएका छन्।उनीहरुले ‘बालेन शाह मुर्दावाद, गरिब मार्न पाइँदैन, मर्न हामी तयार छौँ, गरिबका घर भत्काउन पाइँदैन, डोजर लगाउन पाइँदैन, बालेनजस्तो मेयर चाहिँदैन’लगायतका नारा लगाउँदै विरोध जनाए।

प्रदर्शनकारीको ढुंगा लागी करिब २५ नगर प्रहरी घाइते भएको नगर प्रहरीका एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।सो क्षेत्रमा सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ ।

यसअघि एकीकृत बागमती सभ्यता विकास समितिले बस्ती खाली गर्न सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारीसाधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो।

प्रकाशित मिति : मंसिर १२, २०७९ सोमबार  ४ : ४६ बजे