सांसदहरूको शपथ ग्रहण बिहीबार



काठमाडौं, ४ पुस । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार हुने भएको छ ।

संघीय संसद सचिवालयका अनुसार ७ पुस बिहीबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधिसभा बैठक कक्षमा शपथ गराउने कार्यक्रम छ ।

शपथ ग्रहणका लागि सांसदहरुलाई बिहान ११ बजे नै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा आउन सचिवालयले भनेको छ ।

प्रकाशित मिति : पुस ४, २०७९ सोमबार  ३ : २९ बजे