सन्दीप लामिछानेको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सक झिकाउन आदेश



काठमाडौं, २६ चैत । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको नाबालिग बलात्कारको मुद्दामा काठमाण्डू जिल्ला अदालतले जाहेरीकर्ता किशोरीको तत्कालीन अवस्थामा स्वास्थ्य जाँच गर्ने विशेषज्ञ चिकित्सकलाई बकपत्रका लागि बोलाउने निर्णय गरेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछानेको मुद्दामा काठमाण्डू जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले त्यस्तो निर्णय गरेको हो।

काठमान्डू जिल्ला अदालतको इजलास नम्बर २८ का इजलास अधिकृत राममणि फुयाँलले पीडितको स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञ चिकित्सकको बकपत्र गर्न अदालतले आदेश दिएको जानकारी दिए।

उनले अहिले बकपत्रका लागि मिति भने तय भइनसकेको जानकारी दिए।

प्रकाशित मिति : चैत्र २६, २०७९ आईतबार  ४ : ०५ बजे