एमालेले राज्यको ढुकुटीबाट तलबभत्ता खाएर संसद अवरुद्ध गर्यो : रामनारायण विडारी



काठमाडौं । नेकपामाओवादी केन्द्रका नेता रामनारायण बिडारीले प्रतिपक्षी नेकपा एमालेलाई सरकारी गाडी नचढी आएरसंसद अवरोध गर्न चुतौतीदिएका छन् । सोमबार काठमाडौंमा आयोजित संसदको अवरोध, ललितानिवास देखि सुन तस्करी प्रकरणसम्मका विषयमा विशेष साक्षात्कार कार्यक्रममा सांसद विडारीले एमालेले राज्यको ढुकुटीबाट तलव भत्ता खाएर संसद अवरुद्ध गरेको आरोप लगाए । उनले सरकारी गाडी नचढी आएर नारा लगाएर संसद अवरोध गर्न एमालेलाई चुनौती समेत दिए ।

उनले भने, एमालेलाई संसद अवरोध गर्ने हो भने एउटा चुनौतीका साथ भन्छु । सरकारी गाडि नचढी आउँनु, त्यो दिनको भत्तानखानु ।त्यो दिनको तलबनलिनु सरकारी गार्डहरु हटाउँनु अनि ल्याख्रयाकल्याख्रयाक आएर नारा लगाउँनुहोस् त्यो गर्न सक्नुहुन्छ । राज्यको ढुकुटी बाट ग्वामग्वामखाँदै ठूलो भुँडी पल्टाउँदै अनि संसद अवरुद्ध गर्ने ? ’

माओवादी सांसद विडारीले संसद अवरुद्ध गर्नु भनेको जनताप्रति अपराधभएको टिप्पणी गर्दै भने ‘ संसद अवरुद्ध गर्नु हुँदैन् । किनकी जनताका प्रतिनिधिले बोल्नपाउँदैन् । र जनतापनि सुसूचितहुनपाउँदैनन् । संसारभरका सबै मानिसले संसदलाई सुन्छ ।’

प्रकाशित मिति : श्रावण २२, २०८० सोमबार  ९ : १० बजे