काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा सोमबार (फागुन २६) भारत प्रस्थान गरेकी छन् ।
मन्त्री डा. राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।
मन्त्री डा राणा भारतको झारखण्डस्थित बाबा वैद्यनाथधाममा पूजाआजा गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।














