नेपाली काँग्रेस सोलुखुम्बुका पूर्व उपसभापतिको निधन



काठमाडौं । नेपाली काँग्रेस सोलूखूम्बूका ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य तथा पूर्व उपसभापति गणेश बहादूर बस्नेतको निधन भएको छ ।

काठमाडौंको कूमारीगाल स्थित आफ्नै निवासमा फागून २७ गते उनको निधन भएको हो । नेपाली काँग्रेस सोलूखूम्बूका सभापति नाम्गेल जाङ्बु शेर्पाले उनको निधनप्रति दुख ब्यक्त गरेका छन् ।

उनको निधनले पार्टी र समाजलाई अपूणीय क्षति पूगेको सभापति शेर्पाले बताएका छन् ।

सभापति शेर्पाले स्वर्गिय बस्नेतप्रति भाबपुर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन २८, २०८१ बुधबार  ४ : १२ बजे