काठमाडौं । बुधबार सेयर बजार (नेप्से) १४.८८ अंकले घटेको छ । यससँगै बजारमापक २६८२.१५ विन्दुमा पूगेको हो ।
आइतबारदेखि बजार निरन्तर ओरालो लागेको बजार बुधबारसम्म कायम छ । यस दिन पाँच अर्ब १४ करोड ३९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.५६, विकास बैंक ०.१३, हाइड्रोपावर ०.६७, लगानी ०.४९, जीवन बीमा १.४८, उत्पादन ०.३३, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.५१, तथा अन्य सेक्टर ०.५१ प्रतिशत घटे ।मिथिला लघुवित्तको मूल्य सबैभन्दा धेरै ९.३ प्रतिशत बढ्यो । भूगोल इनर्जीको ७.३, ग्रीन डेभलपमेन्ट बैंकको ७ प्रतिशत मूल्य बढ्यो ।
यसदिन ५३ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको सेयर मूल्य घटेको छ भने सात कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














