काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले आज जारी रहेको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम बहिष्कार गरेका छन्।
आफूले सोधेको प्रश्नको जवाफ नआएको भन्दै उनले यसको औचित्य नरहेको भन्दै बहिष्कार गरेका हुन्।
अघिल्लो प्रश्नोत्तर कार्यक्रममा साहले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिएका थिएनन् ।प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम औचित्यहीन रहेको जिकिर गर्दै उनी जारी संसद बैठकबाट बाहिरिएका हुन्।
आजकै बैठकको आकस्मिक समयमा बोल्दै सांसद साहले कार्यसूचीबाटै ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हटाउन आग्रह गर्दै बहिष्कार गर्ने चेतावनी दिएका थिए ।














