काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा समर्थकहरु आन्दोलनमा उत्रिएका छन्।
काठमाडौंको माइतीघर मण्डलामा मंगलबार उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरुले लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइदैन भन्दै उनीहरुले कुलमानको समर्थनमा नारा लगाएका थिए।
उनीहरुले ‘जनताविरोधी सरकार मुर्दावाद’, ‘नेपाली जनता जिन्दावाद’, ‘कुलमानलाई हटाउने मन्त्रिपरिषद् बैठक खारेज गर’, ‘सिंगो नेपाल के भन्छ कुलमान ल्याऊ भन्छ’, ‘कता हिँडेको बिजुली मारेर कुलमान फालेर’लगायतका प्लेकार्ड बोकेर नारा लगाएका छन्।
माइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’लगायतका नारा लगाएका छन्।
कुलामानलाई बर्खास्त गर्ने निर्णय लगत्तै मंगलबार बिहानैबाट रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा सुरक्षा पनि बढाइएको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।
उक्त निर्णयको सत्तारुढ दलकै नेताहरूले पनि विरोध प्रदर्शन गरेका छन्। कुलामानलाई बर्खास्त गर्ने निर्णयलगत्तै मंगलबार बिहानैबाट रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा सुरक्षा बढाइएको छ।
माइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’लगायतका नारा लगाएका छन्।
































