रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउने आदेश



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउने आदेश जारी भएको छ ।

आज (मंगलबार) सो रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भएको थियो ।

लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले गत आइतबार बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन् । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुल्सीपुर बुटवल इजलासको आदेशमा रवि पूर्वपक्षका लागि थुनामा छन् ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले प्रारम्भिक सुनुवाइ पछि कारण देखाऊ आदेश जारी गरेको हो । उक्त रिट अब आदेशका लागि संयुक्त इजलासमा जाने भएको छ ।

प्रकाशित मिति : बैशाख ९, २०८२ मंगलबार  २ : २१ बजे