काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।
छलफल आज बिहान ११ बजे सिंहदरबारमा हुने सभामुखको सचिवालयले जनाएको छ ।
उनीहरुबीच प्रतिनिधि सभाको क्यालेन्डर, वैशाख १२ गतेदेखि सुरु हुने संसदको वर्षे अधिवेशन लगायतका विषयमा छलफल हुन लागेको हो ।
संसद्को बजेट अधिवेशन यही वैशाख १२ गतेबाट सुरु हुँदै छ ।









