वैशाख १९ गते नीति तथा कार्यक्रम पेस हुने



काठमाडौं । सरकारको नीति तथा कार्यक्रम यही वैशाख १९ गते संसद्‍मा पेस हुने भएको छ ।

सभामुख देवराज घिमिरेले बुधवार प्रमुख सचेतकहरूसँग गरेको छलफलमा वैशाख १९ गतेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने गरी संसद्को क्यालेन्डर निर्माण गर्ने सहमति भएको हो ।

त्यस्तै, आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव सरकारले गरेको छ ।

उक्त क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।

प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार  २ : ४२ बजे