काठमाडौं । धितोपत्र दोश्रो बजार मापक सेयर बजार ५.१७ अंकले बढेर २,९७८.८८ विन्दुमा उक्लिएको हो ।
यस दिन १९ अर्ब ५७ करोडको कारोबार भएको छ ।
यो साता आइतबार व्यापक उतारचढावबीच ०.३२ अंकले बढेको बजार सोमबार २१.७६ अंक र मंगलबार ८०.(९६ अंकले बढेको थियो ।
बैंकिङ ०.२५, विकास बैंक ०.९२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.७२ तथा निर्जीवन बीमा ०.६१ प्रतिशत घटे ।दुई नयाँ कम्पनी ट्रेड टावर र सान्भी इनर्जीको मूल्य १० प्रतिशत बढेको छ । टे«ड टावरको मूल्य ५८९.३० तथा सान्भीको ५२५.४० रुपैयाँ पुगेको छ ।त्यस्तै ग्रीन भेन्चर्सको मूल्य ९.४, लिबर्टी इनर्जीको ७.०८ तथा बेस्ट फाइनान्सको ५.९७ प्रतिशत मूल्य बढ्यो । भूगोल इनर्जीको ५.३२, ग्रिन डेभलपमेन्ट बैंकको ४.२६, अभियान लघुवित्तको ४.१३ तथा आरएसडीसी लघुवित्तको ४.१० प्रतिशत मूल्य घट्यो ।
आज ९८ कम्पनीको सेयरमूल्य बढ्दा १५२ कम्पनीको सेयरमूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














