सिल्लेगडा-पुर्चौडी सडक तीन दिनदेखि अवरुद्ध



बैतडी । लगातारको वर्षाले पहिरोले सिल्लेगडा-कालागाउँ-पुर्चौडी सडक तीन दिनदेखि अवरुद्ध रहेको छ।

उक्त सडकखण्डअन्तरर्गत दोगडाकेदार गाउँपालिका-२ को डाँडाइजर भन्ने ठाउँमा पहिरो खसेको रौलेश्वर मावि कफलकोटका प्राधानाध्यापक नरेन्द्र भाटले जानकारी दिए।

गत मंगलबार पहिरो खसेको र लगातारको वर्षाले पहिरो खस्नेक्रम जारी रहेको छ। सडक अवरुद्ध हुँदा सवारीसाधन पूर्णरुपमा बन्द हुनुका साथै पैदल हिँड्नसमेत जोखिम भएको छ।

स्थानीयहरुले पहिरो पन्छाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्। रासस

प्रकाशित मिति : आश्विन २, २०८२ बिहिबार  १२ : ११ बजे