तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना हुँदा २० जना घाइते



काठमाडौं । काठमाडौंको तार्केश्वरबाट माछापोखरी आउँदै गरेको बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटनामा परेको छ।

दुर्घटनामा परेर २० जना भन्दा बढी यात्रु घाइते भएका छन्।

माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो ।

स्थानीयका अनुसार बाइकलाई जोगाउँछु भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो।

प्रकाशित मिति : आश्विन ५, २०८२ आइतबार  १० : २० बजे