काठमाडौँ । काठमाडौंको पुरानो शहर हो असन-इन्द्रचोक। जहाँ पर्व उत्सवहरूमा किनमेल गर्ने सर्वसाधारणको भिड लाग्ने गरेको छ।
आर्थिक मन्दीले थलिएको असन, इन्द्रचोक र न्युरोडका गल्लीहरूमा दशैँ नजिकिएसँगै रौनक फर्किएको छ।
झिलिमिली कपडाको पसल, टल्किने गहनाका स्टल, पूजापाठका सामग्रीले सजिएका थाल, चम्किला लुगाकपडाले सजिएको त्यहाँका गल्लीहरूमा किनमेल गर्नेको भिड लागेको छ।




















