सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला २ हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य ३ लाख १७ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी मूल्य तोलामा ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : फाल्गुन २७, २०८२ बुधबार  ११ : १३ बजे