काठमाडौं । व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका भट्टलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुरबाट पक्राउ गरेको हो ।
यसअघि,अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको थियो ।
भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ ।














