राष्ट्रपति पौडेल र कोरियाली राजदूतबीच शिष्टाचार भेट



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे-क्युङले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय, शीतलनिवासमा शुक्रबार भएको भेटमा नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटका क्रममा दुई देशबीचको सम्बन्ध र पारस्परिक हितका विषयमा विचार आदानप्रदान भएको जनाइएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार उक्त भेट २०८३ साल कात्तिक २० गते शुक्रबार भएको हो ।

प्रकाशित मिति : कार्तिक २०, २०८३ शुक्रबार  २ : ३० बजे