बजारमा धनतेरसमा भाँडाकुँडा तथा धातुका सामग्री किन्नेको चहलपहल



काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पर्व धनतेरस आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिका साथ मनाइँदैछ ।

धनतेरसका अवसरमा नयाँ भाँडाकुँडा तथा धातुका सामग्री खरिद गर्दा शुभ हुने धार्मिक विश्वासका कारण काठमाडौंको न्युरोडसहित देशभरका विभिन्न बजारमा किनमेल गर्ने सर्वसाधारणको चहलपहल बढेको छ ।

धनतेरसलाई धन, समृद्धि र सुख–समृद्धिको कामनासहित मनाउने परम्परा छ । यस दिन विशेषगरी सुन, चाँदी, तामा, पित्तल तथा स्टिलका भाँडाकुँडा खरिद गर्ने चलन रहेको छ ।

प्रकाशित मिति : कार्तिक २०, २०८३ शुक्रबार  ६ : ५७ बजे