सभापतिमा साझा उम्मेदवार खोज्न पौडेल निवासमा बैठक



कांग्रेस सभापती शेर बहादुर देउबाइतर समूहबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार छान्न नेताहरुले छलफल थालेका छन ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटारमा आज साँझबाट उक्त समूहका नेताहरूले छलफल थालेका हुन ।

छलफलमा सभापति पदका आकांक्षी पौडेलसहित नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सहभागी छन्।महाधिवेशन आउन चार दिनमात्रै बाँकी रहेकोले सभापतिको उम्मेदवार छिटो तय गर्नुपर्ने दबाबमा नेताहरु छन ।

प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार  ६ : १४ बजे