नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । जसअनुसार नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुनेछ । कार्यतालिका अनुसार मसिंर २४ गते १० बजे महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गरिनेछ।
२५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन गर्दा र ५ देखि ७ बजेसम्म दाबी विरोध र २५ गते बेलुका ७ देखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय गरिने भएको छ । राति ९ देखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिने छ। त्यस्तै मंसिर २६ गते ११ बजेसम्म मनोनयन फिर्ता लिने समय तोकिएको छ। त्यसपश्चात सोही दिन १२ : १५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ।
त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंसिर २७ गते बिहान ८ बजेदेखि मतदानको कार्यक्रम रहेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै कार्यतालिकाबारे जानकारी दिएका हुन ।










