सिटौलाले भने – अब युबाहरुको नेतृत्व प्रदिप पौडेलले गर्नुहुन्छ



नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीमा आफूसँग रहेका नेताहरुलाई स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। बिहीबार आफूपक्षीय भेलामा नेता सिटौलाले पार्टीमा आफूसँग रहेका नेताहरुलाई स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।

‘अभाव र संकटमा जो मेरो साथमा छ, अहिलेसम्म र भोलिसम्म रहन्छ भन्ने मेरो विश्वास हो उहाँहरुलाई स्थापित गर्ने मेरो लक्ष्य हो’, सिटौलाले भने, ‘आजको दिनमा मैले युवाहरुको नेतृत्व गर्ने जिम्मेवारी प्रदीप पौडेललाई दिएको छु ।’ उनले थप भने ‘चुनावमा नोमिनेशन अघि मात्र म कुरा राख्ने छु साथीहरुलाई बलियो बनाउन सकेमात्र म बलियो हुन्छु ।’आफूले युवाहरुलाई पार्टीमा स्थापित गर्न चाहेको पनि बताए । सिटौलाले आफ्नो समूहबाट पौडेललाई महामन्त्रीको उम्मेदवारका रुपमा अघि सारेका छन् ।

सिटौलाले आफू रहेको स्थानमा कांग्रेस हुने तर्क गरे। उनले कांग्रेसलाई भरोसा र विश्वासको पार्टी बनाउन आफू जे गर्न पनि तयार रहेको बताए।उनले उमेरले आफू पाको भइसकेको भन्दै अब छोराछोरी पुस्ताको पार्टीलाई अघि बढाउने बेला आएको पनि बताए ।

 

प्रकाशित मिति : मंसिर २३, २०७८ बिहिबार  ५ : ०४ बजे