शशांक कोइराला निवासमा संस्थापनइतरको बैठक सुरु



नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरुको बैठक महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा सुरु भएको छ ।

बिहान अनुपम फुडल्याण्डमा छलफल सकेर सभापतिका आकांक्षीहरुसँग पुन: छलफल गर्दा पनि साझा उम्मेदवार छान्न नसकेपछी नेताहरु फेरी छलफलमा जुटेका हुन ।

यसअघी भएका छलफल र भेटघाटको निष्कर्ष बैठकमा पेस भएपछि त्यसैको आधारमा थप निर्णय हुने नेता गुरुराज घिमिरेले जानकारी दिए ।

इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइराला सभापतिका आकांक्षी छन्।

प्रकाशित मिति : मंसिर २३, २०७८ बिहिबार  ५ : २५ बजे