नेता प्रकाश सिंह कार्कीले गरे केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा



नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम कांग्रेसको उद्योग-ब्यापार बिभागका केन्द्रीय सदस्य प्रकाश सिंह कार्कीले कांग्रेसको १४औँ महाधिवेशमा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।कार्किले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका हुन् ।

केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गर्दै कार्किले संगठित,समाबेशी र गतिशिल नेपाली कांग्रेस निर्माणका लागि आफुलाई मतदान गर्न आग्रह गरेका छन्। पार्टिका शिर्ष नेताहरुसगको परामर्सपछी उम्मेदवारी घोषणा गरेको उनले जानकारी दिएका छन्।

कार्की यसपटकको सोलुखुम्बु जिल्ला अधिबेशनबाट सबै भन्दा बढी मत ल्याएर महाधिबेशन प्रतिनिधि निर्बाचित भएका थिए ।गत निर्बाचनमा सोलुखुम्बु प्रदेश सभा (क) बाट  उम्मेद्वार रहेका कार्किले पार्टिलाई संस्थागत र एक बनाउन जिल्लामा महत्वपुर्ण  भूमिका निभाएका थिए   ।जिल्ला पार्टिलाई एकजुट बनाउन उनले खेलेको भूमिका र समाजसेवाको मुल्याङ्कन गर्दै सोलुखुम्बु जिल्ला अधिबेशनका मतदाताले कार्किलाई लोकप्रिय मत दिएका थिए ।

 

प्रकाशित मिति : मंसिर २३, २०७८ बिहिबार  ७ : ४४ बजे