देउवाले रामचन्द्र पौडेललाई समर्थन गरे म ब्याक हुन्छु : विमलेन्द्र निधि



नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिमा दाबी गर्दै आएका नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेललाई सभापति स्वीकार गर्न पार्टी सभापति शेरबहादुर देउवा तयार भए आफूले पनि सर्मथन गर्ने बताएका छन् ।

सभापतिमा दाबी गदै प्रचारलाई तीव्र बनाएका निधिले अकास्मात गरेको नयाँ प्रस्तावले कांग्रेस राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ । चितवन-काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले भने, ‘यदि पौडेलजीलाई सर्वसम्मत स्वीकार गर्ने हो भने म दाबी छोड्छु ।’

उनले  देउवाले मात्र  दाबी छाड्नुपर्ने या कोइराला र सिंहले समेत  छोड्ने हो भन्ने विषयमा भने खुलेर बताउन चाहेनन् । रामचन्द्रका लागि मैदान खाली गर्ने बताएका उनले अरु उम्मेदवार कायम रहे आफ्नो पनि उम्मेदवारी कायम रहने बताए ।उनले असन्तुष्टि छाडेर बैठक र कार्यक्रमहरूमा उपस्थित हुन पौडेललाई आग्रहसमेत गरे ।

प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार  १२ : ०२ बजे