काठमाडौं फागुन, ४–
काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार ८ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।कीर्तिपुर आसपास केन्द्रबिन्दु भई ४ रिक्टर स्केलको परकम्प भएको छ। खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो भूकम्प नभई गोरखा भूकम्पको परकम्प हो। यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४।६ रिक्टर स्केलको भूकम्प गएको थियो।
त्यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परकम्प गएको थियो। विसं २०७२ वैशाख १२ को ७।६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५११ परकम्प गएको केन्द्रले जनाएको छ।
फाल्गुन ४, २०७५ शनिबार
0
Shares










