नेपाली कांग्रेसको संस्थापनइतर महाधिवेशनको उद्घाटन सत्रपछि बैठक बसेर आधिकारिक उमेदवार घोषणा गर्ने भएको छ । संस्थापनइतरसमुहले साँझ ५ बजे बैठक बसेर उमेदवार घोषणा गर्ने तयारी गरेको हो ।
बिहान पौडेल निवास बोहराटारको छलफलपछी नेताहरूले महाधिवेशनको उद्घाटन सकिएपछि केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितको छलफल गरेर निर्णय गर्ने तयारी गरेका हुन ।नेताअहरु महेश आचार्य, बलबहादुर केसी, अर्जुननरसिंह केसी, गगन थापा, रामशरण महत पौडेल निवास पुगेका थिए ।








